×

About Us

खल्ती न्यूज डटकम www.Khaltinews.com काठमाडौंस्थित बीे मिडिया ग्रुपद्वारा सञ्चालित न्यूज पोर्टल हो । नेपाली भाषाको यस पोर्टलले समाचार, अन्तरवार्ता, विचार, भाषा, कला, धर्म–सँस्कृति, मनोरञ्जन, खेलकूद, शिक्षा, स्वास्थ्य, पर्यटन, विज्ञान–प्रविधि, अन्तर्राष्ट्रिय गतिविधी, सार्वजनिक चासो र जनसरोकारका महत्वपूर्ण भिडियो समाचार तथा समाचार विश्लेषणलाई प्रार्थमिकताका साथ प्रकाशन तथा प्रसारण गर्दछ । सञ्चार क्षेत्रको बदलिँदो परिवेश र तिब्र प्रतिष्पर्धाबीच स्वदेश तथा विदेशमा रहनु भएका नेपाली तथा विश्व समुदायलाई नेपाल र विश्वमा भएका घटनाहरुबारे यथार्थ जानकारी गराउने उद्देश्यले बीे मिडिया ग्रुपको स्थापना गरिएको हो ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाका विभिन्न विधामा झण्डै तीन दशकदेखि क्रियाशिल रहनु भएका युवा पत्रकारहरुको सक्रियतामा स्थापना भएको बीे मिडिया ग्रुप अनुभव र कार्यक्षमताको दृष्टिकोणबाट फरक पहिचान भएको सञ्चार संस्था हो ।
बीे मिडिया ग्रुप कम्पनी रजिष्टार कार्यालयमा दर्ता भएर प्रेस काउन्सिल नेपाल, सूचना तथा सञ्चार मन्त्रालय अन्तर्गत सूचना विभागमा दर्ता भएको बैधानिक समाचार संस्था भएकोले पनि यस मिडियाले प्रेस स्वतन्त्रताको लागि पत्रकारिताका विश्वव्यापी मूल्य र मान्यताहरुलाई उच्च प्रार्थमिकता दिँदै नागरिकको सूचना प्राप्त गर्ने हकाधिकार तथा लोकतन्त्रको प्रवद्र्धनमा निरन्तर लागिरहने प्रतिवद्धताकासाथ हामी सत्य, तथ्य र निष्पक्ष समाचार तथा सूचना सम्प्रेषणको लागि कलम चलाई रहेका छौं ।