पर्यटन पत्रकार संघ बाँकेका पदाधिकारी सम्मानित
संगिन शर्मा
कोहलपुर – पर्यटन पत्रकार संघ बाँके शाखाका पदाधिकारीहरु सम्मानित भएका छन ।
सोमबार कोहलपुर गाभरभ्यालीमा आयोजित एक कार्यक्रममका बिच पर्यटन पत्रकार संघका सम्पूर्ण पदाधिकारीलाई सम्मानित गरिएको हो ।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिल बहादुर पुनले संघका पदाधिकारीहरुको सम्मानमा ढाका टोली लगाईदिएका थिए ।
पर्यटनको प्रचुर सम्भावना बोकेको बाँकेमा पर्यटन क्षेत्रलाई लक्षित गरि पत्रकारहरु संगठित हुन आफैमा सुखद पक्ष रहेको उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत पुनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा संघले महत्वपूर्ण भुमिका खेल्ने विश्वास ब्यक्त गरेका थिए ।
समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा जागरण सञ्जाल बाँकेले नव निर्वाचित पदाधिकारीहरुको स्वागतमा सम्मान कार्यक्रमको आयोजना गरेको संञ्जालका अध्यक्ष तथा गाभरभ्याली होमस्टेका संचालक कृष्णलाल चौधरीले जानकारी दिए ।