धुर्मुस सुन्तलीलाई अष्ट्रेलियाबाट ६५ लाख सहयोग
सिड्नी- तेस्रो नमुनाबस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका धुर्मुस–सुन्तलीलाई करिब ६५ लाख रुपैयाँ बराबरको सहयोग जुटेको छ ।
करिब ३ साता लामो सहयोग संकलनको अभियान पुरा गरेर उनीहरु नेपाल फर्किएका छन् । सांगितिक कार्यक्रम सहित महोत्तरीको मुसहर बस्तीमा निर्माण भइरहेको तेस्रो एकिकृत नमुना बस्ती निर्माण सम्पन्न गर्न सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली हाँस्य कलाकार दीपक आचार्य र गायक भरत सिटौला सहित अष्ट्रेलिया पुगेका थिए ।
उनीहरुले अष्ट्रेलियाका ४ मुख्य शहरहरु सिड्नी, मेलबर्न, एडिलेड र ब्रिसबनमा आयोजना गरेको कार्यक्रमबाट सो परिमाण बराबरको रकम संकलन गरेका हुन् ।