देश छोडे पछि अँह म कहील्यै बलत्कार भईन !
सानै छदा रेडीयो खुब सुन्थे लाग्थ्यो रेडीयोमा बोल्ने मान्छेहरु सार्है भलाद्मी अनि स्वभिमानी हुन्छन् । कता कता समयले विस्तारै रेडीयोमै काम गर्ने मौका जुराईदियो त्यो पनि मलाई खुब मन पर्ने कुराहरु गर्ने मान्छेसँग । म कता कता बाट अनायसै उहाँको (रेडीयोको स्टेशन म्यानेजर )अगाडी अन्तर्वाता दिन पुगे । खासमा अनौपचारीक भेटघाट भनेर बोलाईएको हुनाले केही पनि कागजात वाेकेको थिईन । तर त्यही अनौपचारीक भेटमै लगभग आधी घण्टा जती कुरा भएपछि उहाँले कामका लागी तिमी ओके भन्नुभयो । अनि मैले सोधे सर डकुमेन्ट केही ल्याएको छैन ।
अनि उहाँले भन्नुभयो तिमी कामका लागी योग्य छौ म कागजमा भन्दा पनि मान्छेको आत्मा विस्वासलाई विस्वास गर्छु । त्यसपछि अबको 15 दिन पर्खीनु यो नयाँ रेडीयो हो, त्यसैले समय लाग्छ ओपनिङको तयारी हुँदैछ है भन्नु भयो । मैले हस भने र फर्कीए । 15 दीन वित्नै लाग्दा उहाँले फोन गर्नु भयो काम सुरु हुने तयारी भईराछ है नआत्तीनु, अनि त्यो सँगै उहाँले भन्नुभयो की तिमीलाई साहीत्य मन पर्छ हो ? मैले भने हजुर सर मन पर्छ । आज फलानो ठाउँमा सािहत्यक कार्यक्रम छ जान्छौ ? जानेभए लिन आउँछु । हुनत मेरो केही काम थिएन तर मैले जवाफ दिए सर म बाहीर काम परेर निस्कीएको छु अहीले भ्याउदीन सरी, ओके कुनै दीन जाउँला त्यती भनेर फोन राखे ।
15 दिन सकीयो, 20 दिन सकियो काम सुरु भएन त्यस पछि फेरी म आफैले फोन गरे सर काम कहीले बाट हुन्छ ? उहाँले जवाफ दीनुभयो हेरन तिमीलाई सल्ला नगरी राखीयो भनेर विवाद भयो त्यही भएर यहाँ छोड्दीन लागेको, हाम्रो पुरै समाचार टीम अर्को एफएममा जाने । म छक्क परे सुनेको थिए उहाँको तलव पचास हजार देखी लाखको हाराहरीमा छ तर म भुसुनाको लागी किन जुधेहोलान त्यत्रा मान्छे सँग त्यो पनि जागीरकै मायाँ मारेर अर्कै ठउँमा जाने कुरा गर्छन् । ( के मेरै कारणले होला? )
खयर, त्यसको केही दिनमै अर्को रेडीयोमा काम सुरु भयो । काम गर्न थालेको लगभग तीन महिना पुगेको थियो एउटा मिटीङ भयो माचार टीमको । मिटीङमा कसले कती काम गर्यो, बाहीर बाट फिडव्याक कस्तो आयो सबै छलफल भए । छलफलकै क्रममा उहाले सबैका अगाडी अनिताको धेरै राम्रो फिडव्याक आको छ अझै राम्रो गर्नु भन्नुभयो उहाले यो पनि थप्नुभयो की मैले दिएको फिडव्याक होईन श्रोताहरुबाट आएको, कतीले त फोन नै गरेर पनि भन्छन ) संगै सुधार्नुपर्ने कुरा पनि भन्नुभयो । खुसी लाग्यो केही समयको छलफल पछि सबैले एउटा एउटा कार्यक्रम पनि लैजाने निर्णय भयो र सबै आ-आफ्नो काममा लागेउँ । त्यो काम सुरु गर्न के लागेको थिए अनिता तल आउ, भनेर फोन आयो । गए, बस भन्नुभयो म बसे । त्यसपछि उहाँले धेरै कुरा सम्झाउनुभयो । यसरी सम्झाउनुभयो की म उहाँकै घरकी चेली हुँ । सम्झाउने क्रममा उहाँले धेरै पटक चेलीबेटीहरु अस्वभाविक ढङंगले पोर्न साईडमा देखीन थालेका छन् विचरा कती सोझा दैखीन्छन् थाहा छैन तिमीलाई ? मैले भने थाहा छैन सर । उहाले फेरी भन्न थाल्नुभयो, हेर तिमी एकदम सोझी छौ त्यहीभएर सम्झाएको अन्यथा नलीनु । त्यती भनुनजेल मलाई पनि अँ उहाले मेरै लागी सम्झाउनुभएको जस्तो लागीरह्यो । फेरी कुरा गर्र्दै जानुभयो उनै पोर्न साईटमा देखीएका निर्दोस नानिहरुका । कुरा गलत खासै थिएनन् तर मलाई अब भने सुन्न अप्ठ्यारो लागी सकेको थियो |
त्यही विचमा उहाँले यउटा कुरा फुस्काईहाल्नुभयो विवाहीत भएपनि बाहीर मोजमस्ती गर्न मील्छ तर घरमा गएर भन्न भएन, भिडीयो बनाएर यसरी दुनियालाई देखाएर जिन्दगी वरवाद गर्दीनुभएन । लाटी त लाटी छेस् तलाई कसैले ठग्ला झुक्यउला भनेर यी सब कुरा गरेको हो फेरी त सोझी छेस् घरमा गएर भन्लिस् नि । म छक्क परे । खै किन मैले नै बढी सोचेको हो की के तर अघि भर्खर सम्म राम्रो लागेको मान्छे अब विस्तारै नराम्रो लाग्न थाल्यो । झण्डै एक घण्टा भयो गफ गर्न थालेको अझै पनि उहाँको कुरा सकीने छाँटकाट देखीन र मलाई समाचार बनाउनु पर्छ सर ढीला भयो भने । उहाले ओके जाउ राम्रो गर भन्नुभयो र काममा लागे तर मनमा एउटै कुरा रीगी रह्यो विहे भएपिन बाहीर मोजमस्ती गर्न हुन्छ घरमा भन्नुपो हुैदैन । मनले अनेको कुरा सोचे यऊटा प्रश्न मजाले रिग्यो दिमागमा की ती सरकी श्रीमतीले बाहीर मोज मस्ती गर्छीन की गर्दीनन्होला ???
खयर त्यसको ठीक भोली पल्ट दीउँसोको करीब तिन बज्न आँटेको थियो म एक्लै थिए समाचार साखामा फोनको घण्टी बज्यो फोन उठाएर भने हजुर, जवाफ नकचरो हाँसो सँगै आयो कति मिठो बोलेकी आज खुब मोडमा छौ की के हो ! काममा हतार भएर हो की किन झनक्क रिस उठ्यो, अनि अली अलि कडा स्वरमा भने काम के हो सर भन्नुस् म हतारमा छु । उहाले भन्नुभयो भरेको मेरो कार्यक्रम चलाईदेउ है मेरो काम पर्यो, जावाफमा ओके भने र फोन राखे । त्यसको ठीक भोली पल्ट फेरी करीब तिन बजेितरै फोन आयो मार्केटीङ म्यानेजरको फोन रहेछ । अनिता तिमी तल आउ , गए बस भन्नुभयो बसे अनिता तिम्रो काम राम्रो भएन रे काम गरने भए भोलीबाट विहानमा आउनु रे नत्र नआउनु रे म फेरी दंग । भने सर दुईदीन अघि सम्म त जताततै बाट फिडव्याक राम्रो आएको थियो आज एक्कासी कसरी नराम्रो भयो ? यदी मेरो काम नराम्रै थियो भने अनि तिन तिन महीना सम्म किन केही भन्नु भएन ? मैले त्यती बोलीरहँदा उहाँ चुपचाप बसिरहनुभयो किनकी उहाँलाई पनि थाहा थिएन कि मेरो काम नराम्रै थियो या अरु केही । फेरी म कलेज जानुपर्ने विहान कलेज छ भनेरै दिउँसोको काममा अग्रीमेन्ट भएको थियो । यसको मतलव उहाँलाई थाहा थियो म पढाई छोडेर काममा आउँदीन भन्ने कुरा । काम त्यतीबेलै छोडेर हीडे ।
निस्किनु भन्दा अघि स्टेशन म्यानेजर जसले मलाई काममा राख्नुभएको थियो। उहालाई भेटेर जान्छु भने तर उत्तिनखेरै का बेप्ता हुनुभयो थाहा भएन । म्यासेज छोड्दी राखे रीपलाईमा ए गएछौ है ! मात्रै आयो फेरी मलाई रिप्लाई गर्न मन लाग्यो तर म्यासेज गएन फेसबुक म्यासेन्जर बाट पनि गरे गएन त्यसपछि थाहा भयो कि म ब्लक भईसकेको रहेछु । त्यत्रो पदमा बसेको मान्छे को त्यो व्यवहार निकै घटिया लाग्यो । पछि सुन्नमा आयो निताले तलव धेरै मागी त्यही भएर निकाल्दीएको रे मलाई हासो उठ्यो केही बोल्न आवश्यक पनि ठानिन ।
यादमा आए, फेरी बाटोको छेउमा हिड्दा चार जना एउटै बाईकमा चढेका केटाहरुले हात फिजाएर बाईकबाटै छातीमा पिटेका कुरा, यादमा याए काम बाट घर फर्कीदा पछाडी पछाडी निवस्त्र भएर आएको पुरुषले लखेटेका कुरा, काम खोज्न जाँदा फलानो पाटीको भए काम पाउने नत्र नपउने भनेका कुरा सबै सबै | डीप्रेशन जस्तै भए ।
खयर यता काम छोडेको भाोली पल्टै त्यो भन्दा राम्रो पैसामा काम त पाए तर मनदेखी काम गर्नै गाह्रो भयो । जसो तसो काम गर्दै थिए त्यही मेसोमा यताको भिषा पनि लाग्यो । देश छोड्ने मन नहुँदा नहँदै देश छोडे । विदेश टेकेको झण्डै 2/3 महिना देखी काम गर्न थाले । लगभग दुई वर्ष एकै ठाउँमा काम गरेँ । दिउँसोमा भन्दा रातीको काममा पैसा अलि धेरै हुने भएकोले काम रातमा गर्थे मैले । जहाँ महिला पुरुषको संख्या बराबर जस्तै हुन्थे तर संयोग वस् म धेरै पटक केटै केटा मात्र भएको ठाउँमा काममा परे । त्यसरी रातभरी त्यत्रा केटा मान्छेहरु भएको ठाउँमा म एक्लै काम गर्थे अरु त सबै ठिकै थियो तर मलाई अचम्म लागेको कुरा त्यत्रा केटा मान्छेहरु संग म एक्लै रात रात भर ठुला ठुला देख्दै डर लाग्ने अनक्टार विल्डीङ भित्र काम गर्थे । म जावो अर्काको देशकी, भाषा पनि खासै नआउने, तिनिहरु सबै मिलेर बलत्कार गरेर भुईमै गाडीदीएको भए पनि कसैले थाहा पाउँथेनन् । बलत्कार गर्नकालागी त्यती सजीलो ठाउँहरु हुँदा पनि अँह म कहील्यै बलत्कार भैईन । किन होला ? वलत्कारको कुरा त परै जावोस् मैले कसै प्रती शंका को नजरले सम्म हेर्नुपर्ने मौका नि दिएनन तिनीहरुले किन होला ? कहिले काही बेस्सरी न्यास्रो लाग्थ्यो, र मन मनले सोच्थे बरु कोही हासो मजाक गरेर बोल्दीए पनि हुनेनी । समय विताउन अली सजिलो त हुन्थ्यो नि । तर अँह काम भन्दा बाहेकका एक शब्द पनि बोल्दैनथे ती छोरामान्छेहरु ।किन होला ? विहानको चार पाच वजे काम सकिन्थयो । घर फर्कीदा अध्यारै हुन्थ्यो बाटोमा मेरै देशका पुरुषहरु भेटीए भने मन शंकालु बन्थ्यो र मनले नै मनलाई जोगीनु पर्छ है भन्थ्यो तर म बसेका देशका पुरुषहरु भेटीए भने मन ढुक्क हुन्थ्यो । किन होला ? त्यतीमात्रै कहाँ होर । हतार हतार गर्दै ट्रेनको ढोकाबाट भित्र पस्यो आफ्नै देशका छोरामान्छेहरु साईडमा परेभने जानिजानि ढेसीन आउँथे (सबै होईनन् )
तर मबसेका देशका छोरामान्छेहरु झुकीएर छोईहाल्यो भने माफ पाउ है भन्थे, किन होला ? म मात्रै होईन म जस्तै हजारौ म हरु आज पनि छन् यो ठाउँमा जो धेरै केटामान्छेहरु भएको ठाउँमा एक्लै काम गर्छन । कही कतै प्रेम मा परेर नेपाली चेली र जापानि पुरुषहरु वैवाहीक वन्धनमा बाँधिएका भेटिन्छन तर बलत्कार भएका भेटीदैनन् । किन होला ? के यहाँका पुरूषहरुमा पुरुष्वत्व नभएर होला ? के यी पुरुषहरुमा यौनिक चाहानाहरु नभएर होला ? की हामी विदेशी नराम्रा भएर ? हैन हैन उनिहरुकै देशका राम्रा, हेर्दैमा लोभ लाग्ने, खालका यूवतीहरु लाई पनि बलतकार त परैको कुरा सीधा नजरले पनि हेर्दैनन् किन होला ? ( बरु कहीले काही हाम्रै नेपालीले जापानिज यूवतीहरुसँग छिल्लीन खोज्दा पुलीसले पक्राउ गरेका समाचारहरु सुन्नमा आउँछन कहीले कता )
किन?
आउनुस् म सुनाउँछु किन ?
म गएको सात महिना देखी एउटा होटलमा काम गर्छु । जहाँ धेरै टाढा टाढाबाट मान्छेहरु बस्न आउँछन । स्वदेशी मात्रै हैन, विदेशी पाहुनाहरु पनि धेरै आउँछन । स्वदेशी र विदेशी पाहुनाहरुमध्ये मेरो हिसावमा 95 प्रतिशत जवान युवा युवति आउँछन (थोरै तल माथी हुन पिन सक्छ ) । जसमध्ये पनि अविवाहीतहरु झण्डै 60 प्रितशतको हाराहारीमा हुन्छन् । मेरो आँखाले देखेको मात्रै यती हो । मैले देखे जस्ता सैयौ होटलहरु छन जापानमा । जहाँ सायदै पारिवारिक टोली आउँछन् ती बाहेकका धेरै जसो अविवाहीत जोडीहरु हुन्छन् । यसोत : जापानमा विवाह जती हुनुपर्थ्यो त्यती हुँदैन मेरो विचारमा । भएकाहरु पनि डिभोर्स गरेर बसेका हुन्छन । यसो हुनुको मतलव यीनिहरु शारीरीक सम्बन्धमा सक्रिय छैनन् भन्ने होईन । यस बाट मैले बुझेका कुरा ( म 100% नै सही नहुन पनि सक्छु )
1. उमेर पुगेका किशोर किशोरी र जवानहरुलाई व्यवस्थित रुपमा शारीरीक सम्पर्कका लागी खुल्ला छोडीएको छ । जुन क्रियाकलाप नेपालमा भयो भने सरकारी सेनाहरु छापा मार्न तम्तयार भएर बसेका हुन्छन् ।
2. सवाल आउँछ पैसाको, धनिहरुले व्यवस्थित रुपमा शारीरीक आवश्यकताहरुको परीपुर्ती गर्लान तर गरीबहरुले ? पैसा पो छैन मन त उस्तै हो । हाम्रो जस्तो देशको मामलामा यो प्रश्न उठ्नु स्वभाविक हो । जापान सरकारले +2 पढ्दै गर्दा पार्ट टाईम जव गर्न पाउने सुविधा मिलाईदीएको छ जसले गर्दा आँफुलाई चाहीने खर्च आँफै व्यवस्थापन गर्न सक्छन । जुन नेपालमा कल्पना गर्न पनि सपना देख्नु पर्छ ।
3. जापानमा विवाहा अघि सहमतीमै शारीरिक सम्बन्ध राखेका व्यक्तिहरुलाई आपराधिक नजरले हेरीदैन, जुन हाम्रो देशमा पाप गरे शरह मानिन्छ ।
4. राम्रो स्वास्थ, शिक्षा, सुरक्षा र स्वतन्त्रता व्यवस्थाका वावजुद कहिँ कतै देशको कानुन विपरित कुनै काम भैहाल्यो भने यहाँको सरकारले आफन्त ईष्टमित्र भनेर माफी दिदैन । जसले गर्दा कानुन भन्दा बाहीर जाने कसैको हिम्मत नै आउँदैन । सायद त्यसैले होला यत्रा मस्त जवान छोरामान्छेहरुको विचमा म एक्लै छोरीमान्छे काम गरे र पनि बलत्कार भैन ।
तर मेरो देशमा आफ्नै घरमा पनि अब खुलेर बाँच्न सकिने अबस्था छैन किन होला? के कानुन कडा नभएर होला ? होईन । मलाई लाग्छ, देशको सम्विधानमा लेखीएका कानुन अन्तराष्टीय स्तरका छन् तर हामी सँग कानुनको व्यवस्थापन चुस्त हुन सकेको छैन । किहलेकाही त यस्तो लाग्छ न्यायीक प्रशास पनि देश बलत्कार गर्ने अपराधी हो त्यसैले कानुनलाई कानुन् हुन दिन डराउँछ । अपराधि नभेटीएर कानुन लागु नभएको या कानलाई नै खल्तीमा हालेर अपराध बढेको हो त्यो दैव जानुन् । हुन त जती सुकै कडा कारबाही ( चाहे त्यो मृत्यु दण्ड किननहोस ) ले पनि अपराध नियन्त्रण गर्न सक्दैन रैछ भन्ने कुरा छिमेकी देश भारतलाई थोरै नियालीयो भने पिन प्रष्ट हुन्छ । यसको मतलव फेरी कारबाी नगर्ने भन्ने होईन तर कारबाही भन्दा पनि सकेसम्म अपराध हुन नदीनका लागी प्रयास हुनु जरुरी छ । विषेश गरी यौन शिक्षालाई व्यवस्थित बनाउन जरुरी छ ।