तेस्रो नम्बरका चन्दको आईजीपीमा छलाङ
माघ २७, काठमाण्डौ ।
सत्तारुढ दलबीच मतभेदका कारण आजको मन्त्रिपरिषद्ले नेपाल प्रहरी र शसस्त्र प्रहरीको महानिरीक्षकको बिषयमा कुनै निर्णय गरेन । दुवै संगठनका प्रमुखहरु उमेर हदका कारण फागुन २ गते अवकाश हुदैछन् ।
नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालसागै सबै एआईजीहरु अवकाश पाउने भएकाले त्यसअघि नै मन्त्रिपरिषद्ले भावी प्रमुखबारे निर्णय गर्नुपर्ने हुन्छ ।
स्रोतका अनुसार आईतबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रहरी दुवै प्रहरी संगठनको प्रमुखको टुंगो लगाउनेछ । गृहमन्त्री विमलेन्द्र निधीले डिआईजी जयबहादुर चन्दलाई आईजिपीमा सिफारिसको तयारी गरेका छन ।
कंग्रेस सभापति शेरबहादुर देउवाको थेग्नै नसक्ने दबाबपछि गृहमन्त्रीले चन्दको नाममा सहमती जनाएका हुन ।