प्रचण्ड तनावमा, नारायणकाजी दिल्लीमा !
माघ २७, काठमाण्डौ ।
सरकारले स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेका बेला सत्तारुढ माओबादी केन्द्रका प्रभावशाली नेता नारायणकाजी श्रेष्ठ भारत भ्रमणमा निस्कने भएका छन । पार्टी उपाध्यक्ष श्रेष्ठले आगामी शनिबार भारत भ्रमण गर्ने मिति तय भएको छ ।
पूर्व उपप्रधान तथा परराष्ट्र मन्त्रीसमेत रहेका श्रेष्ठले दिल्लीमा रहादा अखिल भारत नेपाली एकता मन्चले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् । उनको राजनीतिक भेटघाटको बारेमा भने केही बताइएको छैन । श्रेष्ठले दिल्लीमा केही राजनीतिक भेटघाट भने गर्ने जनाइएको छ ।
श्रेष्ठले नेपालको आन्तरिक मामिलामा भारतले गर्ने हस्तक्षेपको निरन्तर बिरोध गदै आएका छन् । उनले भारत, चीन तथा अन्य जुनसुकै मुलुकले नेपालमा गर्ने हस्तक्षेपको आफूले बिरोध गर्ने बताउादै आएका छन् ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले संविधान संशोधन र निर्वाचनको घोषणा गर्न ढिलाई गरिरहदा श्रेष्ठको भारत भ्रमणलाई अर्थपुर्ण रुपमा हेरिएको छ ।