पत्रकार महासंघ चुनावका लागि बाँकेमा चौतारी, प्रेस सेन्टर र प्रगतिशिलको साझा प्यानल
(तस्बिर- यलाईन्स पछि प्रतिवद्धता ब्यक्त गर्दै ३ वटै संगठनका अध्यक्षहरु ।)
संगिन शर्मा
कोहलपुर- आसन्न पत्रकार महासंघको निर्वाचनका लागि बाँकेमा प्रगतिशिल यलाईन्सको घोषणा गरिएको छ ।
निर्वाचनको मिति नजिकिदै गएपछि प्रेस चौतारी, प्रेस सेन्टर र प्रगतिशिललाई समेटेर “संयुक्त प्रगतिशिल प्यानल” घोषणा गरिएको हो ।
शनिबार भएको लिखित सम्झौतामा तिन वटै संगठनका जिल्ला अध्यक्षहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका थिए ।
संयुक्त प्रगतिशिल प्यानल घोषणा पछि प्रेस चौतारी बाँकेका अध्यक्ष हेमन्त वि.क, प्रेस सेन्टरका अध्यक्ष डक्ट धिताल र प्रगतिशिल पत्रकार संघका बिनोद पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
यलाईन्सपछि प्रगतिशिल प्यानल सँख्यात्मक रुपमा बलियो भएको प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट धितालले जानकारी दिए ।