नेपाली बाबा भेटेको पर्सी पल्ट आईजीपी
फागुन १, काठमाण्डौ ।
नया आईजीपीलाई लिएर देशभरी अनेक अडकल बाजी चलिरहदा, प्रवल दाबेदार मानिएका जय बहादुर चन्द गत शुक्रबार सतुङगल पुगे । उनले त्यहा बिन्दबासिनी मन्दिरमा रहेका नेपाली बाबालाई भेटेर आर्शिवाद लिए । बाबाकै शयनकक्षमा पुगेर आर्शिवाद लिदै उनले फोटो पनि खिच्न भ्याए । त्यही फोटो उनले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरे ।
सत्तासाझेदार दल कंग्रेस र माओबादी केन्द्रबीच नया आईजीपी को बनाउने बिषयमा मनान्तर भईरहदा चन्दले गए साता भारतको दिल्ली देखि काठमाण्डौको बुढानिलकण्ठ दरबारसंग लाईन मिलाउन भ्याईसकेका थिए । शीर्ष वरियताका नवराज सिलवाललाई उछिन्दै तेस्रो वरियतामा रहेका उनले महानिरिक्षकको फुलि लगाउने पक्का भएको छ । आईतबार बिहान बसेको मन्त्रीपरिषद बैठकले प्रहरीको महानिरिक्षकमा चन्दको नाममा निर्णय गरेको छ ।