टेक्सासको ह्युस्टनमा भव्य कल्चरल नाइट शो हुने
ह्युस्टन- टेक्सासको ह्युस्टनमा भव्य कल्चरल नाइट शो हुने भएको छ । नेप्लीज ह्युस्टन युनियनको आयोजनामा यही महिनाको १९ तारिख आइतवार हुन लागेको कार्यक्रममा लोकप्रिय आधुनिक गायक आनन्द बराल लगायतका कलाकारले धमकेदार प्रस्तुती दिने आयोजक युनियनका सदस्य अमृत के सी ले जानकारी दिनुभयो ।
के सी का अनुसार कल्चरल नाइटमा गायक बरालका अलावा गजलकार बिदुर दवाडी, र्यापर स ुरज कार्की लगायत स्थानीय कलाकारहरुका पनि बेजोड प्रस्तुती रहनेछन् । आउंदो आइवार राती ९ बजेपछि FIESTA HALL 5610 Forney Dr, Houston, TX 77036 मा शुरु हुने कल्चरल नाइटका लागी २५ डलर खर्चिनुपर्नेछ ।
कल्चरल नाइटबाट जम्मा भएको पैसा नेपालका सार्की समुदायको शिक्षाका लागी सहयोग गर्ने आयोजकले जनाएको छ ।