शनिवार टेक्सासको ड्यालसमा कानुनी परामर्स कार्यक्रम
ड्यालस- आउंदो शनिवार टेक्सासको ड्यालसमा कानुनी परामर्स कार्यक्रम हुंदैछ ।
अमेरीकामा डोनाल्ड ट्रम्प राष्ट्रपती भएपछिका आदेश र नेपालीहरुमा सृजना भएको त्रास तथा अध्यागमन सम्बन्धी नयां बन्न सक्ने कानुन लगायतका विषयमा परामर्स गर्न एनआरएन अमेरीका टेक्सास च्याप्टर र नेपाली समाज टेक्सासको संयुक्त आयोजनामा ड्यालसको इर्भिङमा कार्यक्रम गर्न लागीएको हो ।
नेपालीहरुको बाक्लो उपस्थिती रहेको शहर ड्यालसमा हुने कार्यक्रममा कानुनी परामर्सका लागी कानुन व्यवसायी खगेन्द्र जिसी सहभागी हुने आयोजकले जनाएका छन् ।
शनिवार दिउंसो २ बजेपछि शुरु हुने कार्यक्रममा सहभागी भई कानुनी परामर्स लिन तथा आफ्ना जिज्ञासा मेट्न सबैमा आग्रह गरिएको छ ।