ग्रेटर अष्टिन नेपाली सोसाइटीले पायो पुर्णता, ६ जना सदस्यमा मनोनित
अष्टिन- ग्रेटर अष्टिन नेपाली सोसाइटी (ग्यान्स)ले ६ जना कार्य समिती सदस्य मनोनित गरेको छ ।
६ जना सदस्य मनोनित गरेसंगै विधान अनुसार २१ सदस्सिय हुने सोसाइटीको कार्यसमितीले पुर्णता पाएको छ । मनोनित हुने ६ जनामा डा. प्रमोद शर्मा, दिनेश के सी, भुपेन्द्र न्यौपाने, रिता दवाडी, केशव कंडेल र रामइश्वर चौधरी हुनुहुन्छ ।
ग्रेटर अष्टिन नेपाली सोसाइटीलाई सहयोग गर्दै आउनुभएकाहरु मध्येबाट पनि सबै तप्का र अष्टिनका सबै क्षेत्रलाई समेट्नेगरि कार्यसमिती सदस्यमा मनोनित गरेको अध्यक्ष देवराज न्यौपानेले जानकारी दिनुभयो उहांका अनुसार आइतवारको बैठकले बिभिन्न समिती र बिभागहरु समेत गठन गरेको छ ।
यसअघि अध्यक्षमा देवराज न्यौपाने सहित १५ सदस्यिय कार्यसमिती सदस्य निर्वाचित भइसकेको थियो ।