भ्यालेन्टाइन डे को अवसरमा हरेक प्रेम जोडिले हेर्नै पर्ने गित (भिडियो सहित)
२०७३ फाल्गुन ३
काठमाण्डौ- ‘भ्यालेन्टाइन डे’लाई बिशेष बनाउन गायक बि.पि. वाग्लेले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।
‘सिंगल छु …’ बोलको गीतको भिडियोमा नायिका तथा पूर्व मिस नेपाल मलिना जोशी र मोडल विकास लामिछानेको आकर्षक नृत्य समेत छ । यो गीतमा र्यापर गिरिश खतिवडाले समेत आफ्नो र्याप दिएका छन् । भिडियोमा पनि गिरिशलाई फिचरिङ् गरिएको छ ।
‘यो गीत हरेक प्रेम जोडीले हेर्नैपर्ने बनेको छ, आशा छ मेरो नयाँ गीतले यसपटकको भ्यालेन्टाइन उल्लासमय बनाउन सहयोग गर्नेछ’ गायक वाग्ले बताएका छन् । वाग्ले डान्सरहरुले छुटाउनै नहुने भिडियो रहेको समेत बताए ।
मिशन इन्टरटेन्मेन्टको प्रस्तुतीमा रहेको गीतमा शुरेस अधिकारीको संगीत तथा राचल शर्माका शब्द छन् । गीतको भिडियोलाई रुद्र बोहराले निर्देशन गरेका छन् भने उत्सव दाहालको छायांकन तथा टेकेन्द्र शाहको सम्पादन छ । कोरियोग्राफर दिपेन्द्र शाही ठकुरी हुन् ।