चाहे उडोस्को भिडियोले चर्चा बटुल्दै
पुस ४, काठमाण्डौ ।
युवा गायक सुरेन गौतमको चाहे उडाओस् हुरीले गितको भिडियो बजारमा आएको छ । प्रेम र विरहका गाथाका भावहरु बोकेको सो गीतको शब्द प्राचिन बाण्डको रहेको छ । एक जोडी प्रेमीको कथा बस्तुलाई विशेष प्राथमिकता दिएर तयार गरिएको गौतमको गीत र भिडियोले अलिहे चर्चा बटुल्दै गईरहेको छ ।
चाहे उडाओस् हुरीले चाहे रुझोस् झरीले बोलको गित यतिखेर युट्वमा निकै मनपराइएको गित पर्दछ । एक साता अगाडि मात्र युट्युवमा राखिएको सो गितलाई २ लाख ६० हजार भन्दा बढी दर्शक एवं श्रोताले हेरिसकेका छन् । गायक सुरेन गौतम आफैले म्युजिक भिडियोमा मुख्य पात्रका रुपमा अभिनय समेत गरेका छन् । सो म्यूजिक भिडियोमा उनलाई राकेश र क्रिस्तियाले अभियनमा साथ दिएका छन् । बुद्ध सायमीद्धारा संगीतबद्ध गरिएको सो गीतको स्वर भने सुरेन गौतमकै रहेको छ ।