अमेरिका र एशियाली मुलुकबाट लगानीकर्ताको उत्साहनजनक रुपमा सहभागी भएको सगुनका सञ्चालकले बताएका छन् l
सगुनमा लगानी गर्न चाहनेले हरेक ब्यक्तिले २३ डलर प्रतिकित्ताका दरले कम्तीमा १३ कित्ता सेयर किन्नु पर्ने हुन्छ lसगुनले गत फेब्रुअरी ९ तारिख विधिवत रुपमा सर्बसाधारणको लागि मिनी आइपीओमार्फत बिश्वबजारमा २ करोड डलरको सेयर निस्कासन गरेको थियो l
७२ घन्टा नवित्दै १ हजारभन्दा बढीले लगानी गरेका छन् ।
ठुलो रकमको आवेदन परेकामा संचालकहरु उत्साहित भएका छन् ।सेयरको विश्व बजारमा नेपालीले स्थापना गरेको सगुनमा प्रवासमा रहेका नेपालीले लगानी गर्न पाउनु राम्रो अबसर पनि हो । त्यसमा पनि सगुनले मिनी आइपिओ निस्कासन गरेपछि जुट्ने रकमले नेपालमा अनुसन्धान र विकासका क्षेत्रमा लगानी भित्र्याउने घोषणा गरिसकेको छ