बलात्कार आरोपमा दुई पक्राउ
इलाम, ५ फागुन । महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले इलाम नगरपालिका र बााझो गाविसबाट दुई जना व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउपर्नेमा विराटनगर उपमहानगरपालिका–२२ का ४३ वर्षीय अक्तर हुुसेन र इलाम बाझो–२ का भुुपालसिंह राई रहेका छन् । उनीहरूलाई पीडितले दिएको उजुुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक महेन्द्रकुुमार श्रेष्ठले जानकारी दिनुभयो ।
अत्तरले सदरमुकामकै एउटा काम गर्ने ठाउामा आफूसागै काम गर्ने महिलालाई बलात्कार गरेको पीडितको उजुरीमा उल्लेख छ । ती महिलालाई अन्य साथी खाजा खान गएका बेला बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । त्यसैगरी राईले अर्की स्थानीय एक महिलालाई घरमा कोही नभएको मौका छोपेर जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवैमाथि अनुसन्धान सुरू गरेको प्रहरीले बताएको छ ।