राप्रपाको ताला चाबी कमल थापाको हातमा
काठमाण्डौ, फागुन ५ ।
महाधिवेशनको संघारमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापा नै हुने भएका छन् । अध्यक्षका दाबेदार मानिएका तीन जना नेताहरु हालका राष्ट्रिय अध्यक्ष डा प्रकाशचन्द्र लोहनी, पूर्वअध्यक्षहरु लोकेन्द्रबहादुर चन्द र पशुपतिशम्शेर राणा थापालाई सर्वसम्मति अध्यक्ष बनाउन तयार भएका हुन् ।
महाधिवेशन अगावै थापाको नाममा सर्वसम्मति भएको हो । राप्रपा र राप्रपा नेपालको एकता महाधिवेशन आउदो शुक्रबारदेखि राजधानीमा सुरु हुदैछ ।
बुधबार सााझ चन्द निवासमा शिर्ष चार नेताको बैठकले सर्वसम्मति गरेको हो । पार्टीको विधानमा ‘नीति निर्धारण तथा निर्देशन समिति’ को व्यवस्था गर्ने चार नेताको सहमति छ । उक्त समितिमा थापा बाहेक अन्य सबै बरिष्ठ नेताहरु रहने संभावना छ । हालको जस्तो राष्ट्रिय अध्यक्ष पद अब रहने छैन ।