फ्लोर क्रस गर्ने चार सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही
काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेश कमिटीले संसदीय दलको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गर्ने चार जना सांसदलाई पार्टीको साधारणसदस्यसमेत नरहने गरी कारबाही गरेको छ ।
पार्टीको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेर गम्भीर अपराध गरेको भन्दै प्रदेश कमिटीले उनीहरुको सांसद पद् खारेज गर्दै पार्टीको कुनै पनि कमिटीमा नरहनेगरी निष्काशन गरेको हो ।
हिजो मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने क्रममा अन्तिम अवस्थामा एमालेका चार सांसदले फ्लोर क्रस गरेर सरकार जोगाइ दिएका थिए । सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, कुर्मबहादुर शाही र अम्मर थापालाई प्रदेश कमिटीले साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरेको हो ।
प्रदेश कमिटीका अध्यक्ष गोरख बोगटीले आज विज्ञप्ति जारी गर्दै उनीहरुले ह्वीप उल्लघंन गरेर जनताको मत र पार्टीप्रति गम्भीर अपराध गरेको बताउनुभयो ।