राष्ट्रपति भण्डारीद्वारा रामबहादुर थापा गृहमन्त्रीमा नियुक्त ( बिज्ञप्ति सहित )
काठमाडौं । राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेकपा एमालेका नेता रामबहादुर थापा ‘बादल’ लाई राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीमा नियुक्त गरेकी छन ।
राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएका नेता थापालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।
नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका बादल एमालेमा लागेपछि उनको पद रिक्त गराउन माओवादीले लिखित पत्र दिएको थियो । सोही पत्रको आधारमा संसद सचिवालयले आज बिहान बादलको पद रिक्त भएको सूचनामार्फत जानकारी गराएको थियो ।
यसअघि माओवादीले प्रतिनिधिसभाका चारजना सदस्य एमाले प्रवेश गरेपछि उनीहरुको पद रिक्त गराइसकेको छ । त्यस्तै एमाले प्रवेश गरेका प्रदेससभा सदस्यहरुको पद पनि रिक्त गराइएको छ ।
