पुस ४, भक्तपुर । नेपालको तीनदिने भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समिति तथा प्रकाशन विभागका प्रमुख, राजनीतिक सचिवालयका सदस्य ल्यु छिपाओ सहितको टोलीले आज विश्व सम्पदासूचीमा रहेको भक्तपुर दरबारस्क्वायर र तौमढी क्षेत्रको अवलोकन गरेको छ ।
टोलीलाई भक्तपुर नगरपालिकाका पूर्वप्रमुख एवम् सांसद प्रेम सुवाललगायत नगरपालिकाको टोलीले स्वागत गरेको थियो । टोलीले पचपन्न झ्याले दरबार, कला सङ्ग्रहालय, पाँचतले मन्दिर लगायत सम्पदाको अवलोकन गरेको थियो । टोलीलाई भूकम्पले भत्काएका र पुनःनिर्माण सुरु भएको सम्पदाका बारेमा जानकारी गराइएको थियो ।
यहाँ भूकम्पले भत्काएका अझै चार हजार घर भत्काउन बाँकी छ । पुनःनिर्माणको काम भर्खरै सुरु भएकाले सम्पन्न गर्न अझै केही वर्ष लागे पनि काम पूरा गरिने दृढता नेपाली पक्षले व्यक्त गरेको थियो ।
टोलीका ल्यु छिपाओले चीनबाट काठमाडौँलाई पुनःनिर्माणका लागि सहयोग भइरहेको जानकारी दिनुभयोे थियो । टोलीलाई प्रजिअ तेजप्रसाद पौडेल, स्थानीय विकास अधिकारी धु्रवप्रसाद कोइराला, प्रहरी उपरीक्षक किरण राणा लगायतले सम्पदा अवलोकन गराउनुभएको थियो ।