आतंककारी आक्रमणपछि पाकिस्तानमा प्रहरीको व्यापक धरपकड
पाकिस्तान- पाकिस्तानको सिन्ध प्रान्तस्थित पवित्र धार्मिक स्थल सुफीमा भएको आतंककारी आक्रमणपछि त्यहाँको प्रहरीले धरपकड तीब्र पारेको छ ।
अफ्गानिस्तानसँगको सीमा नाका बन्द गरेर पाकिस्तानी सुरक्षाफौजले आक्रमणमा संलग्नको खोजी तथा कारवाही तीब्र पारेको हो । सो क्रममा धार्मिक स्थल सुफी तथा सिन्ध प्रान्तकै उत्तर–पश्चिमी भेग लगायतमा गरी ३७ लडाकु मारिएका छन् । सुफीमा हिजो इस्लामिक स्टेटले गराएको आत्मघाती बम बिस्फोटमा कम्तिमा ८० जना मारिएका थिए । सो घटनापछि त्यहाँको सरकारले ३ दिनको शोक घोषणा गरेको छ ।
यसैबीच, पाकिस्तानी सेनाले ७६ जना आतंकवादी अफ्गानिस्तानमा लुकेर बसिरहेको भन्दै आफ्नो मुलुकलाई सुपुर्दगी गर्न अफ्गान सरकारलाई सूची बुझाएको छ ।
अफ्गानी दुतावासलाई आतंकवादीको नामसहितको सूची बुझाउँदै पाकिस्तानले तत्काल कदम चाल्न समेत आग्रह गरेको छ ।