आन्दोलनमा जाने मोर्चाको चेतावनी
काठमाण्डौ, फागुन ७ ।
मधेशी मोर्चाले निर्वाचन मिति घोषणा पूर्व संविधान संशोधन हुनु पर्ने अडान दोहोर्याएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको सत्तारुढ दलसागको छलफलमा मोर्चा नेताले प्रमुख तीन दलले निर्वाचन मिति घोषणा गरे सोही दिन आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिए ।
मधेशी मोर्चाले निर्वाचन मितिमा सहमति नजनाउादा सरकारले निर्वाचनको मिति घोषणा गर्न सकेको छैन । बैठकपछि सञ्चारकर्मीसाग कुरा गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मोर्चाको सहमति विना निर्वाचन मिति घोषणा भए आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने बताउनुभयो ।
बैठकमा प्रधानमन्त्रीले राजनीतिक गतिरोधको अन्त्यका लागि स्थानीय तहको निर्वाचन गर्नुको बिकल्प नभएकोमा जोड दिदै संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई संगसंगै अघि बढाउने सरकारको तयारीमा सहयोग गर्न मोर्चाका नेताहरुलाई आग्रह गर्नुभएको थियो ।
निर्वाचन आयोगले आगामी जेठको १ र २१ गते मतदान हुने गरी मिति प्रस्ताव गरेपनि दलीय सहमति हुन नसक्दा मिति घोषणा भने हुन सकेको छैन ।