संविधान निर्माणमा शुशिल कोईरालको भूमिका र प्रजातन्त्र दिवस बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न (फोटो फिचर सहित)
अमेरिका – नेपाली जनसम्पर्क समिति अमेरिका ILLINOIS द्वारा आयोजित नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेस का पूर्व सभापति स्व. शुशिल कोइराला को बार्षिक पून्यतिथिको अवसरमा“नेपालको संविधान निर्माणमा शुशिल कोईरालको भूमिका ” प्रजातन्त्र दिवस तथा विभिन्न बिषयको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम लाई नेपाली जनसम्पर्क समिति अमेरिका ILLINOIS सभापति भोजराज घिमीरे , एन आर एन ILLINOISका अध्यक्ष सुमन वस्ती , नेपाली जनसम्पर्क समिति ILLINOIS का उपसभपतीद्वय कृष्ण खनाल , खेम पन्थी , सस्थाका उपाघ्यक्ष सुरेन्द्र चौधरी ,सिकागो नेपाली मैत्री समाजका अघ्यंक्ष टेक राज पौडेल लगायतले सम्वोधन गर्नु भएको थियो ।
नेपाली जनसम्पर्क समिति ILLINOIS का महासचिव रिषी गैरेद्वारा संचालित कार्यक्रमको उदघाटन नेपाली जनसम्पर्क समिति अमेरिकाको संगठन बिभाग प्रमुख एवं महासमिती सदस्य बेद प्रसाद खरेलले दिपपरज्वलन गरेर गर्नु भएको थियो ।