सङ्घले आज बिहान पत्रकार सम्मेलन गर्दै सङ्घका अध्यक्ष राजीव पहारीले तिवारी हत्याको छानबिन गरी सत्यतथ्य जानकारी बाहिर ल्याई दोषीमाथि कारबाही गर्न माग गर्नुभएको हो ।
उहाँले हत्या राष्ट्रिय अखण्डतालाई कमजोर बनाउन गरिएको तथा प्रदेश नम्बर ५ मा भइरहेको आन्दोलनलाई निस्तेज पार्न तिवारीको हत्या गरिएको भन्दै सरकारले तुरुन्तै छानबिन गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले आज सरकारले छानबिन समिति गठन नगरे भोलिबाट नेपाल बन्दजस्ता कार्यक्रम गर्ने चेतावनी दिनुभयो । पत्रकार सम्मेलनमा आज हत्याको विरोधमा दिउँसो देशभरि चक्काजाम गर्ने अध्यक्ष पहारीले जानकारी गराउनुभयो ।
यसैगरी सङ्घले पनि छुट्टै छानबिन समिति गठन गरेको छ । सङ्घका महासचिव किरण पौडेलको संंयोजकत्वमा सचिवद्वय नरेश शाही र अशोक चन्द सदस्य भएको समिति गठन गरेको हो ।