थापालाई लोहनीको टक्कर
काठमाण्डौ, फागुन ८ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र प्रदीप विक्रम राणाले उम्मेद्वारी दिएका छन् । राजधानीमा जारी एकता महाधिवेशनको तेस्रो दिन आज दुबै जनाले अध्यक्षको लागि उम्मेदवारी दर्ता गरेका हुन् ।
राष्ट्रिय अध्यक्ष प्रकाशचन्द्र लोहनीले भने उम्मेद्वारी दर्ता नगराएको निर्वाचन समिति सदस्य बाबुराम बस्नेतले जानकारी दिनुभयो । यसअघि थापाको नेतृत्वमा सहमति बनेपनि पदाधिकारी मनोनयन र चुनाव चिन्हमा कुरा नमिलेपछि लोहनीले अध्यक्षमा उम्मेद्वारी दिने बताउनुभएको थियो ।
यस्तै केन्द्रिय सदस्यका लागि खुला र समावेशी तर्फ गरी तीन सय ६३ जनाले उम्मेदवारी दर्ता गरेको बस्नेतले बताउनुभयो । एक अध्यक्षसहित पााच उपाध्यक्ष, ३ महामन्त्री, ५ सह–महामन्त्री, ७ सहायक महामन्त्री, एक कोषाध्यक्ष, एक सहायक कोषाध्यक्ष, १ प्रवक्ता र १ जना सह–प्रवक्ता रहने गरी विधान संशोधन गरिएको छ ।
२७ पदाधीकारी सहित केन्द्रिय समितिका ४० प्रतिशत अध्यक्षले मनोनयन गर्ने प्रावधान समेत राखिएको छ । मतदान भने भोलीका लागि तय गरिएको छ ।