आवश्यकता परे फेरी एनआरएन अमेरीकाको नेतृत्व गर्न तयार छु- अध्यक्ष डा. पौडेल (भिडियो सहित)
२०७३ फाल्गुन १०
के सी शेर टेक्सास (अष्टिन)- गैर आवासीय नेपाली संघ एन आर एन अमेरीकाका अध्यक्ष डा. केशव पौडेलले आफु फेरी नेतृत्वको लागी तयार रहेको बताउनुभएको छ ।
आसन्न एनआरएन अमेरीकाको नेतृत्वका लागी आकांक्षीहरु थपिदै गएका बेला बर्तमान अध्यक्ष पौडेलको यस्तो भनाइ आएको हो । आइतवार टेक्सासको अष्टिनमा भएको कानुनी परामर्स तथा छलफल कार्यक्रममा बिभिन्न जिज्ञासाको जवाफ दिने क्रममा अध्यक्ष डा. पौडेलले भन्नुभयो “अध्यक्षले कामै छाडेर चुनावमा लाग्ने कुरा भएन् तर सबैको उत्साह र सहयोग प्राप्त भएर आवश्यकता परेमा नेतृत्व गर्न तयार छु ।”
अध्यक्ष डा. पौडेलले अर्को एक कार्यकालका लागी आफु तयार रहेको र त्यसको वातावरण बनाउन निकटस्थ संग आग्रह गरिसकेको बुझिएको छ ।
अध्यक्ष डा. पौडेलको पछिल्लो अभिव्यक्ति संगै नजिकीदै गरेको एनआरएन अमेरीकाको निर्वाचनमा अध्यक्षको सबैभन्दा बलियो उम्मेद्वार पौडेल नै हुने स्रोतले बताएको छ यद्यपी अध्यक्षमा बर्तमान उपाध्यक्ष रबिना थापा र गौरी जोशीले आ आफ्नो उम्मेद्वारी घोषणा गरि सकेका छन् ।
अध्यक्ष पौडेलले अर्को कार्यकालका लागी पनि इच्छा देखाएको र अहिले सम्म अध्यक्षमा आफ्नो उम्मेद्वारी प्र स्तुत गरेकाह रु भन्दा आफ्नो पकड बलियो भएकोले अर्को कार्यकाल पनि अध्यक्ष पौडेलले नै नेतृत्व गर्ने बर्तमान कार्य समितीका एक सदस्यले हिमालपाटी डट कमलाई बताए ।