भाषा आयोगमा विज्ञ समूह
पुस ५, काठमाण्डौ । भाषा आयोगले आफ्ना काममा सहयोग लिन विज्ञहरुको एक समूह गठन गरेको छ ।
आयोगले सो समूहमा बैरागी काइला, तिलविक्रम नेम्वाङ०, प्राडा योगेन्द्रप्रसाद यादव, प्राडा चूडामणि बन्धु, प्राडा नोवलकिशोर राई, प्राडा माधवप्रसाद पोखरेल, प्राडा तेजरत्न कंसाकार, प्राडा जीवेन्द्रदेव गिरी, प्राडा दानराज रेग्मी र प्राडा रुद्रलक्ष्मी श्रेष्ठलाई राखेको छ ।
आयोगका अध्यक्ष डा। लवदेव अवस्थीले भाषा क्षेत्रमा लामो समयसम्म योगदान दिएका विज्ञहरुहरुको समूहले अध्ययन र विश्लेषण गरी सुझाव दिने बताउनुभयो ।
संविधानबमोजिम गठित आयोगले मुलुकमा सरकारी कामकाजका लागि भाषाहरुको मानक तयार गर्नेछ । आयोगका सदस्यहरु भने नियुक्त हुन बाँकी छ ।