एनआरएनको सदस्यता सबैले लिउं- नेजस उपसभापती सिपी पौडेल
अष्टिन (टेक्सास)- नेपाली जन सम्पर्क समिती अमेरीकाका उपसभापती सि पी पौडेलले गैर आवासिय नेपाली संघ (एनआरएन) को सदस्यता लिन सबैमा आग्रह गर्नुभएको छ ।
एनआरएनको नयां सदस्यता तथा सदस्यता नविकरणको समय केही हप्ता बांकी रहेको भन्दै उपसभापती पौडेलले समयमै नयां सदस्यता लिन तथा सदस्यता नविकरण गर्न आग्रह गर्नुभएको हो । एनआरएनको सदस्यता किन लिने भन्ने प्रश्नहरु समेत उव्जिरहेको हिमालपाटी डटकम को जिज्ञासामा उपसभापती पौडेलले मातृभुमी प्रतिको माया तथा भाइचाराको सम्बन्ध प्रगाढ बनाउन र प्रवासी नेपालीहरुको एकता तथा समस्या समाधान गर्न संगठीत हुनुपर्ने भएकोले एनआरएनको सदस्यता लिनुपर्ने बताउनुभयो ।
एनआरएनको नेतृत्वले सबै नेपालीहरुलाई समेट्न नसक्दा सदस्य संख्या घटिरहेको अवस्थामा प्रवासी नेपालीहरुका बिभिन्न समस्या समाधान तथा हक हितका लागी नेतृत्वलाई दवाव दिन पनि सदस्यता नविकरण तथा नयां सदस्यता लिनुपर्ने पौडेलको जोड छ ।
एनआरएन अमेरीकाको आसन्न निर्वाचनका लागी बिभिन्न पदका आकांक्षीहरुले आफ्नो उम्मेद्वारी बिभिन्न माध्यमहरुबाट घोषणा गरिरहेकोले उम्मेद्वारी घोषणा संगै सदस्यता बितरण तथा नविकरण तर्फ पनि जोड दिन उपसभापती पौडेलले सबैमा अनुरोध गर्नुभएको छ ।
एनआरएनको सदस्य बन्न यो लिंक खोल्नुहोस-
http://www.members.nrnnccusa.org/