यस्तो छ जन सम्पर्क समिती अमेरीका, प्रथम ऐतिहासिक साधारण सभाको प्रोमो (भिडियो सहित)
२०७३ फाल्गुन २०
अमेरिका- आफ्नो प्रथम वार्षिक साधारण सभाको तयारीमा रहेको नेपाली जनसम्पर्क समिती, अमेरिकाको तयारी युद्दस्तरमा शुरु भएको छ । आगामी अप्रिल २२ तारिख, शनिवारका दिन भर्जिनिया राज्यको मानसास शहरमा सम्पन्न हुने प्रथम ऐतिहासिक साधारण सभाको तयारी, ब्यबस्थापन र प्रचार कार्यलाई समितिले तिब्र पारेको छ । समितिले साधारण सभामा शुभेच्छुकहरुको सहभागीता बढाउन अधिकारिक ‘प्रोमो भिडियो’ सार्वजनिक गरेको छ ।
भिडियो मार्फत समितिका सभापती आनन्द बिष्टले साधारण सभा सफल, भब्य र सभ्य बनाउन सम्पूर्ण शुभ-चिन्तकहरुमा अपिल गर्नुभएको छ ।
किशन रेग्मीको संयोजनमा निर्मित जनसंपर्क समिती, अमेरिका, प्रचार बिभागका लागि तयार पारीएको, प्रथम ऐतिहासिक वार्षिक साधारण सभाको प्रोमो भिडियो :