एनआरएन अमेरीका निर्वाचन: बोर्ड अफ डाइरेक्टरमा दिव्याको उम्मेद्वारी घोषणा
अष्टिन (टेक्सास)- गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी टेक्सासको अष्टिनबाट दिव्या के सी वलीले बोर्ड अफ डाइरेक्टरमा उम्मेद्वारी घोषणा गर्नुभएको छ ।
वर्तमान कार्यकाल एनआरएन अमेरीकाको टेक्सास च्याप्टर महिला बिभाग संयोजक रहेकी दिव्याले आगामी कार्यकालका लागी बार्ड अफ डाइरेक्टरमा उम्मेद्वारी घोषणा गर्नुभएको हो । अमेरीकी नेपाली माझ परिचित दिव्याले सबैको साथ र सहयोगको अपेक्षा सहित आफुले उम्मेद्वारी घोषणा गरेको बताउनुभएको छ ।
एनआरएन लगायत सामाजिक कार्यक्रमहरुमा सक्रिय दिव्याले आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा बिजयी बनाउन सबै एनआरएन अमेरीकाका सदस्यहरुमा अपिल समेत गर्नुभएको छ ।
सबैले साथ दिन्छौं र सहयोग गर्छौं भन्नुभाछ दिव्याले हिमालपाटी डट कम संगको कुराकानीमा भन्नुभयो -“बोर्ड अफ डाइरेक्टरमा मेरो जित स ुनिश्चित जस्तै छ ।”