फागु पुर्णीमाको अवसरमा ह्युस्टनमा बनभोज कार्यक्रम हुदै
टेक्सास (अष्टिन)- फागु पुर्णिमा होली को अवसर पारेर अमेरीका टेक्सासको ह्युस्टनमा बनभोज पिकनिक कार्यक्रम आयोजना गरिने भएको छ ।
नेपाली कला संस्कृतिकको संरक्षणका लागी बिभिन्न कार्यक्रम गर्दै आएको नेप्लीज ह्युस्टन युनीयनले आउंदो बिहिबार बनभोज कार्यक्रम गर्न लागेको युनीयनका सदस्य अमृत के सी ले जानकारी दिनुभयो ।
सदस्य के सीका अनुसार फागु पुर्णीमाको अवसर पारेर आउंदो बिहिबार अर्थात यही १६ तारिखका दिन ह्युस्टन स्थित मेमोरियल पार्कमा भव्य बनभोज कार्यक्रम आयोजना गरिएको हो । बनभोज तथा होली बिशेष कार्यक्रम बिहान ८ बजे देखी २ बजे सम्म चल्ने आयोजकले बताएको छ ।
कार्यक्रममा सहभागी हुन युनीयनले ह्युस्टनबासी नेपालीहरुमा आग्रह गरेको के सी ले बताउनुभयो । बनभोजको अवसर पारेर सोही दिन नेप्लीज ह्युस्टन युनीयनका सदस्यहरुको कार्यबिभाजन गरिने बताइएको छ ।