भुटनिज कम्युनिटी अफ अष्टिनको आयोजनामा फुटवल प्रतियोगिता सम्पन्न
अष्टिन (टेक्सास)– सातौं अन्तर सिटी फुटवल (सक्कर) प्रतियोगिता टेक्सासको अष्टिनमा सम्पन्न भएको छ ।
भुटनिज कम्युनीटी अफ अष्टिनको आयोजनामा आइतवार सम्पन्न प्रतियोगितामा फोर्टवर्थ टेक्सासको टिमले उपाधी जित्न सफल भएको भुटनिज कम्युनिटी अफ अष्टिन टेक्सासका संयोजक केशब कंडेलले जानकारी दिनुभयो ।
संयोजक कंडेलका अनुसार शनिवार र आइतवार गरी दुई दिन सम्म चलेको प्रतियोगितामा टेक्सासका बिभिन्न सिटीका ६ वटा टिम सहभागी थिए जसमा डालसको फुटबल टिमले दाश्रो स्थान हासिल गरेको हो ।
प्रतियोगितामा बेष्ट स्कोररको उपाधी फोर्ट वर्थ टिमका पुर्ण मगरले प्राप्त गरेका थिए ।
विजयी टिमलाई ट्रफि, मेडल तथा नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने म्याच अफिसियल, स्वयमसेवक तथा प्रयोजकलाई भुटानिज कम्युनिटी अफ अष्टिनले धन्यवाद ज्ञापन गरेको छ । फुटवल प्रतियोगिताको प्रायोजन अष्टिनमा रहेको एभरग्रिन नेपाली ग्रोसरी शपले गरेको थियो ।