एनआरएन अमेरीकाको सदस्य बन्ने समय आइतवार सम्म थप
अष्टिन (टेक्सास) – गैर आवासीय नेपाली संघ एनआरएन अमेरीकाको सदस्य बन्ने समय चार दिन थप गरिएको छ ।
बुधबार सम्म सदस्यताको समय रहेकोमा कार्यसमिती बैठकबाट चार दिन समय थप्ने निर्णय भएको एनआरएन अमेरीकाका अध्यक्ष डा. केशव पौडेलले जानकारी दिनुभयो ।
बुधबारको कार्यसमिती बैठकमा सदस्यताको लागी समय थप गर्ने की नगर्ने भन्ने विषयमा पदाधिकारीबीच सामान्य मतभेद रहेपनि अन्त्यमा समय थप गरिएको हो ।
केही दिन देखी एनआरएन अमेरीकाको आधिकारीक वेभसाइटमा समस्या सृजना भएको थियो । अध्यक्ष डा. पौडेल उपाध्यक्ष, राम सिं पोखरेल लगायतका बहुमत पदाधीकारी समय थप गर्ने पक्षमा देखिएपछि चार दिन समय थपिएको हो ।
चार दिन समय थप गरिएकोले सबैले सदस्यता लिन एनआरएन अमेरीकाका अध्यक्ष डा. पौडेलले सबैमा फेरी आग्रह गर्नुभएको छ ।