एसईई परीक्षा वैशाखमा हुने
काठमाडौं । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाखमा सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाखमा परीक्षा सञ्चालन हुने बताएको हो।बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले वैशाखको सुरुमै परीक्षा सञ्चालन गर्ने बताउनुभयो । उहाँले परीक्षा तालिका केही दिनमै सार्वजनिक हुने जानकारी दिनुभएको छ ।
वैशाखमा एसईई परीक्षा सञ्चालन गरिए पनि कक्षा ११ को शैक्षिक क्यालेन्डरमा असर नपर्ने बताउनुभएको छ । चैतमा शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदका लागि लिखित परीक्षा सञ्चालन गर्ने भएपछि एसईई वैशाखमा सरेको हो। विगत वर्षमा मङ्सिरमा परीक्षा तालिका सार्वजनिक हुने गरेको थियो। पछिल्ला वर्ष कोरोना संक्रमणले परीक्षा सञ्चालन हुन सकेको छैन।