विवादित ‘नबिर्सेँ तिमीलाई’ : नयाँ भर्सनपछि अञ्जुको रोइलो ‘ममाथि अन्याय भयो’
सन्देश सापकोटा ।। सन् १९९० दशकमा जन्मिएको पोखरेली ब्यान्ड ‘नेपथ्य’का रकस्टार अमृत गुरुङले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्, ‘जान्नेले नमिलेको मिलाउँछ, नजान्नेले मिलेकोलाई पनि गिजोल्छ भन्थे गाउँका बुढापाका ।’ अमृतले खुलाएका छैनन्, यो उखान कसका लागि र किन लेखेका हुन् । उनका दुईवटा पोस्ट यस्तै आशयका छन् । उनले कसलाई इङ्गित गर्दै लेखिएको भन्ने उल्लेख नगरेपनि धेरैले आँकलन गरेका छन्, यो ‘नबिर्सेँ तिमीलाई’ बोलको गजलका लागि नै हो भन्ने । किनकि, यो गजलगीत पछिल्लो समय विवादमा आएको छ । नवगायिका रचना रिमालले गाएको यो गजल विवादित भएकै कारण झन् चर्चित छ । यसै गीतका लागि थुप्रैले सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरिरहेका छन् । र, गायक अमृत गुरुङको स्टाटसलाई पनि यसै गीतसँग जोेडेर हेरिएको छ ।
नबिर्सेँ तिमीलाई एक दशकअघिको चर्चित गजल हो । गायिका अञ्जु पन्तको आवाज रहेको सो गजल २०१२ तिर युट्युबमा राखिएको थियो । त्यसभन्दा अगाडि नै क्यासेटहरूमार्फत हिट भइसकेको थियो । उक्त गजल पुरुषको स्वरमा भने जगदीश हमालले गाएका थिए । दुवै गजल हिट भए पनि अञ्जुको आवाजमा रहेको गजलले श्रोेतामा विशेष स्थान बनाएको थियो । यसै गजलले नै अञ्जुुलाई साङ्गीतिक करिअरमा अझ धेरै माथि उठायो भन्दा फरक नपार्ला । अहिले पनि अञ्जुले गजललाई प्राथमिकतामा राखेकी हुन्छिन् । दशकअघिको उक्त गजलकोे भिडियोमा झरना बज्राचार्यको अभिनय थियो । नेपाली साङ्गीतिक इतिहासमा अति नै लोकप्रिय जनजनको मुटुमा बस्न सफल यो गीत पछि पुरुष स्वरमा गायक जगदीश समालले गाएका थिए । यो गजल गजलकार विपिन किरणले रचेका हुन् भने महेश खड्काले यस गजलमा सङ्गीत भरेका छन् । एक दशकभन्दा अघि पन्तको स्वरमा सार्वजनिक भएको यो गजल त्यसबेला निक्कै चर्चित भएको थियो । कसरी बन्यो त नयाँ भर्सन त्यसबेला साङ्गीतिक क्षेत्रमा तहल्का पिटेका कारण सर्जक विपिन किरण लोभिए । यसअघि पनि हिट गीतहरूको नयाँ भर्सन निस्किएका कारण ऐतिहासिक गजललाई पुनः श्रोतामाझ ल्याएर पुरानो याद ताजा गर्ने मनसाय बनाएका विपिनले नयाँ भर्सन बनाउने सोच बनाए । उक्त गजल पुनः बजारमा ल्याउने भन्दै विपिनले गायिक अञ्जु पन्तसँग सम्पर्क गरे । हाल अञ्जु अमेरिकामा छिन् । विपिनले उनलाई कभरको रूपमा किड्स भर्सन नयाँ भाइबहिनीलाई गाउन दिन प्रस्ताव राखे । नवआगन्तुक कलाकारलाई पनि हौसला प्रदान गर्ने उद्देश्यका सात अञ्जुले सहमति जनाइन् । त्यसपछि गीतकार विपिनले रचना रिमालको स्वरमा सो गल रेकर्र्ड गराएर सार्वजनिक गरे । तर अञ्जुको स्वर रहेको यो गजललाई नयाँ भर्सनका रूपमा सार्वजनिक गरिए पनि यसमा उनको नाम उल्लेख छैन । न त यसलाई कभर गीत नै भनिएको छ ।
यसैले पनि श्रोता तथा सङ्गीतकर्मीहरूले यस गजलबारे आलोचना गरिरहेका छन् । केहीले रचना रिमालको आवाजमा रहेको नयाँ भर्सनमा ‘के–के नपुगेजस्तो’ भन्दै आलोचना गरिरहेका छन् भने ऐतिहासिक गीतलाई बिगारेको आरोप लगाइरहेका छन् । यता, अञ्जुले भने नयाँ भर्सनमा अन्याय भएको आरोप लगाएकी छन् । तर नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नाम उल्लेख नभएको अञ्जुको गुनासो छ । अञ्जुले पुनः रेकर्ड भएर युट्युबमा सार्वजनिक भएको ‘न बिर्सेँ तिमीलाई न पाएँ तिमीलाई’ गजलको नयाँ भर्सन आएको भन्ने खबर ढिलो पाएको जनाएकी छन् । ‘आजसम्म पनि उत्तिकै सर्वाधिक लोकप्रिय रहेको यो गजललाई नयाँ गायक–गायिकालाई फरक भर्सनमा गाउनु आवश्यक थियो कि थिएन, त्यो विषयमा मेरो केही भन्नु छैन,’ उनले भनेकी छन्, ‘तर उही सङ्गीत उही एरेन्जमेन्ट नयाँ भर्सनमा ओरिजिनल गायक–गायिकाको नामसमेत उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक हुनु भने दुःखद् र अन्यायपूर्ण कुरा हो ।’ यता, केहीले भने पछिल्लो भर्सन अनावश्यक रूपमा विवादित बनाइएको आरोप लगाएका छन् । विपिनले आफ्नै शब्दलाई पुनः दोहोयाउन पाउने केहीको तर्क छ ।
सिर्जनालाई सर्जकको अझ विशेष रचनाकार र लगानीकर्ताको अनुमतिमा जतिवटा प्रस्तुतकर्ताले प्रस्तुत गरेपनि हुन्छ । गायकगायिकाले आफ्नो स्वर दिएवापतको रकम लिएपछि त्यो सिर्जनाको हक सकिन्छ । गीत हिट भएमा गायक–गायिकालाई मात्र श्रय दिने चलन छ । हिट भएपछि देश–विदेशको सयर, स्टेजप्रोग्राम, लाखौँ करोडौँ आम्दानी प्रस्तुतकर्ताले पाएकै हुन्छन् । त्यो कमाइको अंश गीतकार, संगीतकार, एरेन्जरले त्यसमा हक त पाउदैनन् र उनीहरू खोज्दैनन् पनि । गायक–गायिका बिना गीत सुन्दर नबनेपनि रचनाकार, सङ्गीतकारदेखि गाउनेसम्म सबैलाई पारिश्रमिक दिने लगानीकर्ता र रचनाकारले कुनै गीत जसलाई जतिजनालाई गाउन दिएपनि हुन्छ ।
यसको अर्को उदाहरणका रूपमा लिन सकिन्छ । ‘फूलबुट्टे सारी’ बोलको गीतलाई । यो गीत धेरै जनाले गाएका छन् ।