मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा
काठमाडौं । मधेश प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा भोलि आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ। फागुन १ गते जनयुद्ध दिवस मनाउन मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो ।
शुक्रबार साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै फागुन १ गते आइतबार जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा सार्वजनिक बिदा दिएको जानकारी गराउनुभयो । साह नेकपा माओवादी केन्द्रबाट मधेश सरकारमा सञ्चार मन्त्री हुनुहुन्छ । तत्कालीन विद्रोही नेकपा माओवादी ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको हो।
मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा मधेशका प्रत्येक जिल्लाका ५ जना जनयुद्धका सहिदका परिवारलाई जनही एकलाख रुपैयाँ आर्थिक सहायतासमेत उपलब्ध गराउने तयारी गरेको छ।
