नीता र हरिहरले ‘ह्रस्व दीर्घ’ बनाउने
काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिष तथा कलाकार हरिहर अधिकारीबीचको प्रेम सम्बन्ध अब नयाँ रहेन । यो जोडीले सार्वजनिक रुपमा प्रेम सम्बन्ध स्वीकार नगरेपनि केही वर्षदेखि एकअर्काको प्रेममा रहेको बताइन्छ ।
यो जोडीले चलचित्र बनाउने चर्चा पनि बेला बखत चलिरहेको हुन्छ । यसैबीच नीता र हरिहरले चलचित्र ‘ह्रस्व दीर्घ’ नामक चलचित्र बनाउनु हुने भएको छ ।
यो चलचित्रमा नीता स्वयमले निर्देशन गर्नुहुने छ । चलचित्रमा हरिहर र नीताकै जोडीलाई देख्न सकिने छ । चलचित्रका लागि हाल लोकेसन खोजी र स्क्रिप्टको काम भइरहेको छ । स्रोतका अनुसार चलचित्रको छायांकन आगामी वर्षको भदौबाट सुरु गर्ने योजना निर्माणपक्षको छ ।
नीता र हरिहरले चलचित्रको काम अगाडि सिरिज ‘श्रीमद्भावगत गीता’ को छायांकन गर्नुहुने भएको छ । सिरिजको छायांकन जेठबाट सुरु गरिने जनाइएको छ । हरिहरले सञ्चालन गरेको नयाँ शो र एक भजन गीतको भिडियोको निर्देशन नीताले नै गर्नुभएको हो ।