ग्रेटर अष्टिनको उम्मेद्वारी दर्ता सोमवार सम्म
के सी शेर
अष्टिन, टेक्सास
टेक्सासको अष्टिनमा रहेको नेपालीहरुको साझा संस्था ग्रेटर अष्टिन नेपाली सोसाइटी ग्यान्सको आसन्न दोश्रो अधिबेसनका लागी उम्मेद्वारी दर्ताको समय यही सोमवार सम्म तोकिएको छ । आउ“दो जनवरी १५ तारिख आइतवार सम्पन्न हुन लागेको सोसाइटीको अधिबेसनले नया“ कार्यसमिती चयन गर्नुपर्ने भएकोले कार्यसमतीका बिभिन्न पदमा इच्छा भएका अष्टिनवासी नेपालीले यही जनवरी २ तारिख मध्यराती सम्म आफ्नो उम्मेद्वारी दर्ता गरिसक्नुपर्ने अधिबेसन सम्पन्न गर्न बनेको निर्वाचन आयोगले जनाएको छ । डा. कमल अधिकारी संयोजक तथा डा. नविन दाहाल र हेमेन्द्र श्रेष्ठ सदस्य रहेको निर्वाचन आयोगले सार्वजनिक गरेको स ुचना अनुसार २ गते मध्यराती सम्म उम्मेदवारी दर्ता गरेकाहरुले जनवरी ६ तारिख सम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन भने ८ तारिखमा आयोगले उम्मेदवारको अन्तीम नामावली प्रकाशन गर्नेछ । अष्टिनस्थित वेल्स ब्रान्च कम्युनिटी सेन्टरमा हुने अधिबेसनले आगामी दुई वर्षका लागी नया“ कार्यसमिती चयन गर्ने छ । हाल सोसाइटीको नया“ सदस्यता तथा सदस्यता नविकरण कार्य जारी रहेको छ । उम्मेद्वारी दर्ता तथा नया“ सदस्यता र सदस्यता नविकरणका लागी www.ourgans.org यो लिंकमा जानुपर्नेछ ।