निर्वाचनका लागि म्यादी प्रहरीको भर्ना खुल्यो
काठमाडौं- बैशाख ३१ गते हुने भनिएको स्थानिय निकायको निर्वाचनका लागि सुरक्षा नेपाल प्रहरीको मानव स्रोत विकास विभागले म्यादी प्रहरीको भर्ना सुरु गरेको छ ।
ईच्छुक नागरिकले दस रुपैयाँको टिकट टासी निवेदन काठमाडौं, भक्तपुर, ललितपुरका प्रहरी परिसर र ७२ वटै जिल्लाका जिल्ला प्रहरी कार्यालयमा निवेदन दिन सक्नेछन् । चैत ११ देखि चैत १७ सम्म आवेदन दिने मीति तोकिएको छ ।
नैतिक पतन देखिने फौजदारी अभियोगमा कसुरदार नठहरिएको, कुनै राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रुपले तन्दुरुस्त रहेका र साधारण लेखपढ गर्न सक्ने १८ बर्ष पुगेको र ५४ बर्ष ननाघेको नेपाली नागरिक आवेदनका निम्ती योग्य हुनेछन् ।