वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्यो
काठमाडौं। माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढेको छ । वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार माघ महिनामा मात्र ५४ हजार ४ सय ७० जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको देखिएको छ । जसमध्ये ५० हजार ५ सय ३० जना पुरुष रहेका छन् भने तीन हजार ९ सय ४० जना महिला रहेका छन् ।
पछिल्लो समय कोरोना महामारी कम हुँदै गइरहेकाले पनि विभिन्न राष्ट्रहरुबाट कामदारको माग आएको हुँदा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या पनि बढ्दै गएको विभागका सूचना अधिकारी कृष्णप्रसाद भुषालले बताउनुभयो ।
गत पुस महिनामा ६६ हजार ६ सय २५ जनाले वैदेशिक रोजगारीमा जानका लागि श्रम स्वीकृति लिएका थिए । चालू आवको साउन महिनामा २५ हजार ४ सय २८ जना,भदौमा ३६ हजार ४०,असोजमा ३९ हजार ६ सय ७१,कार्तिकमा ५४ हजार ९ सय १८ र मंसिरमा ७४ हजार ३ सय ५४ जनाले श्रम स्वीकृति लिएका थिए । वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको थियो । तर, पुस र माघ महिनामा आएर संख्या बढ्ने क्रम रोकिएको छ ।
अहिले पनि खाडी मुलुक कतार, साउदी अरेबिया र युएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत र ओमानलगायतका देशमा पनि नेपाली गइरहेका छन् । माघ महिनामा जाने अधिकांश अदक्ष माघ महिनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने अधिकांश अदक्ष जनशक्ति रहेका छन् ।
वैदेशिक रोजगार विभागले उपलब्ध गराएको तथ्यांक अनुसार ५४ हजार ४ सय ७० जनामध्ये २८ हजार ३ सय २१ जना अदक्ष जनशक्ती रहेका छन् । जसमध्ये पुरुष २६ हजार ३ सय ३७ छन् भने महिला एक हजार ९ सय ८४ जना रहेका छन् । भिजिट भिसामा विदेश जने बढे पछिल्लो समय भिजिट भिसामा विदेश जानेको संख्या बढ्दै गएको छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांक अनुसार पछिल्ल्लो समय भिजिट भिसामा बाहिर जानेको संख्या बढ्दै गएको देखिएको छ ।