भुटनिज कम्युनिटीको आयोजनामा अष्टिनमा भजन किर्तन कार्यक्रम (फोटो फिचर सहित)
अष्टिन (टेक्सास)- राम नवमीको अवसरमा अमेरीका स्थित टेक्सासको अष्टिनमा भजन किर्तन कार्यक्रम गरिएको छ ।
भुटनिज कम्युनिटी अफ अष्टिनको आयोजनामा भजन किर्तन कार्यक्रम सम्पन्न गरिएको भुटनिज कम्युनिटी अफ अष्टिनका संयोजक केशव कंडेलले जानकारी दिनुभयो ।
भुटनिज कम्युनिटी अफ अष्टिनमा आवद्ध करिब ४ दर्जन सहभागी भजन किर्तन कार्यक्रम करिब २ घण्टा सम्म चलेको संयोजक कंडेलको भनाई छ ।
अष्टिन स्थित भुटनिज भजन मण्डलीका चन्द्र खड्का र उहांको भजन टिमले बिभिन्न भजनहरुको प्रस्तुती दिएका थिए ।
हरेक १५ दिनमा यस्तो भजनको कार्यक्रम हुने साथै सो अवसरमा भुटानी संस्कृती र परम्पराको बारेमा बालवालिकालाई ज्ञान दिने गरिएको भुटनिज कम्युनिटी अफ अष्टिनका संयोजक कंडेलले बताउनुभयो ।
अमेरीकामा रहेर पनी आफ्नो कला संस्कृतिको संरक्षण गर्न कम्युनीटिले बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

