बाँकेमा चितुवाको छालासहित दुई पक्राउ
संगिन शर्मा
कोहलपुर – बाँकेको कोहलपुर नगरपालिका–११, चौराहाबाट प्रहरीले चितुवाको छालासहित दुईजनालाई पक्राउ गरेको छ ।
क्षेत्रीय प्रहरी कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक अरुणकुमार सिंहको कमाण्डमा खटिएको क्षेत्रीय अनुसन्धान समूहको प्रहरी टोलीले चितुवाको छालासहित उनहिरुलाई बिहीबार पक्राउ गरेको कोहलपुर प्रहरीले जानकारी दिएको छ । प्रहरीले जाजरकोट सुनाउली–८ का ४१ वर्षीय जसे थापा र सुनाउली–७ का २५ वर्षीय प्रेमबहादुर रावतलाई तीन थान चितुवाको छालासहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमार्फत जिल्ला वन कार्यालय बाँके नेपालगञ्जमा बिहीबार नै बुझाईएको छ ।