फिटनेसका लागि शिल्पा शेट्टीको यस्तो छ दैनिकी
काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी उमेरले चालिस नाघिसक्नुभयो । उहाँ आफ्नो सौन्दर्यलाई मात्र नभई फिटनेसलाई पनि विशेष ध्यान दिनुहुन्छ । उहाँको फिटनेसलाई लिएर तारिफ गर्ने धेरै भेटिन्छन् । विशषेगरी उहाँ योगा र फिटनेसलाई लिएर निकै चर्चित पनि हुनुहुन्छ । उहाँ अहिले मात्र नभई सानो उमेरदेखि नै फिट हुनुहुन्थ्यो ।
एक भारतीय सञ्चारमाध्यमलाई अन्तरवार्ता दिदै उहाँले सानो उमेरदेखि नै खेलकुदमा सक्रिय हुने गरेको बताउनुभएको छ । फिटनेसलाई लिएर अहिले विभिन्न डायटहरुको प्रचलन चलेको छ । तर यसो नगर्न उहाँको सुझाव छ । शरीरलाई सबै किसिमको पोषक तत्व आवश्यक पर्ने भएकाले सही मात्रा मिलाएर खानुपर्ने उहाँले बताउनुभयो ।
बजारबाट कुनै पनि खानेकुरा खरिद गर्दा त्यहाँ दिइएका सामग्रीहरुको लेबल पढेर मात्र खरिद गर्नुपर्नेमा उहाँको जोड छ । खानेकुरा बाट भाग्ने नभइ सही मात्रा मिलाएर सही खाना खानुपर्ने उहाँ बताउनुहुन्छ ।
उहाँका अनुसार कसरी, कहिले, कति मात्रामा, किन, कति खाइरहेका छौँ यो विषयमा सबैले ध्यान दिन आवश्यक छ । उहाँ कार्बोहाइड्रेट खाने गर्नुहुन्छ । शरीरलाई कार्बोहाइड्रेड निकै आवश्यक भएकाले सही कार्बोहाइड्रेटको छनोट गर्न आवश्यक भएको उहाँले अन्तरवार्तामा बताउनुभएको छ । तेलमा तारेको आलुको सट्टा सगरखण्ड खान उहाँको सुझाव छ । तर साँझ ७ बजेपछि उहाँ कार्बोहाइड्रेट खानुहुन्न ।
शरीरलाई स्वस्थ र फिट राख्न निश्चित दायरा बनाउनुपर्छ। एक हप्तामा चिनी, मैदा, बाहिरी खाना खादिन भनेर दायरा बनाउनुपर्ने उहाँले बताउनुभयो । तर हप्तामा एक पटक चिट मिल खान भने सकिन्छ । त्यसै कारण आफुले पनि आइतबार चिट डे हुने गरेको उहाँ बताउनुहुन्छ ।
उहाँको सन्डे बिन्ज पनि निकै चर्चित छ । सन्डे बिन्जमा उहाँ सधै चिट मिल खाने गर्नुहुन्छ । त्यसमा प्राय उहाँ केक, चकलेट, आइसक्रिम, जेरी लगायत बाहिरी खानेकुरा खानुहुन्छ । आफ्नो स्वास्थ्य र फिटनेश प्रति सचेत हुन उहाँको अपिल छ ।