नेपालगञ्जमा नेपाल फ्ल्याग फेस्टिवल आयोजना गरिने
नेपालगञ्ज– आगामी नयाँबर्ष बैशाख १ गते नेपालगञ्जमा भव्य रुपमा नेपाल फ्ल्याग फेस्टिवल आयोजना गरिने भएको छ ।
“नेसन्स प्राइड, नेसन्स आइडेन्टिटी ’ भन्ने मुख्यनाराका साथ यो फ्ल्याग फेस्टिवल गत वर्ष देखि आयोजना गर्न थालिएको हो ।
फरक डिजाइनको नेपाली राष्ट्रिय झण्डा संसारमै विशिष्ट पहिचान राख्दछ ।
अन्तरालको व्यवस्थापनमा हुने यस फेस्टिवलको आयोजनामा विभिन्न संघ संस्थाहरुले सहकार्य गरेको फेस्टिवलका प्रचार संयोजक गोविन्द पौडेलले वताए ।
उनका अनुसार विहान ठिक ७ बजेर ५९ मिनेट जाँदा शुरु हुने फेस्टिवलमा स्वदेश गान तथा राष्ट्रिय भावनाले ओतप्रोत गीत तथा नृत्यहरु प्रस्तुत हुनेछन् ।
‘ झण्डा हामी नेपालीको एकताको प्रतीक हो’—फेस्टिवलका परिकल्पनाकार अन्तरालका टिम लिडर जयनारायण शाहले भने — ‘ झण्डाले हामीलाई वर्षमा ३ सय ६५ दिन नै संसारमा चिनाउँदछ वर्षमा १ दिन हामी सवै झण्डाको लागि समय