नेजस अमेरीका : साधारण सभाको तयारी अन्तिम चरनमा
अमेरीका – नेपाली जन सम्पर्क समिती अमेरीकाको प्रथम साधारण सभाको तयारी अन्तिम चरनमा पुगेको छ ।
यही २२ तारिख भर्जिनियामा हुन लागेको प्रथम साधारण सभालाई भव्य बनाउन बिभिन्न बिभाग गठन गरिएको र सबै बिभागले आफ्नो जिम्मेबारीको कामलाई अन्तिम चरनमा पुर्याएको प्रचार प्रसार बिभाग प्रमुख गोकुल ढकालले जानकारी दिनुभयो । उहांका अनुसार प्रचार प्रसार बिभागले जिम्मेबारी पाएको स्मारिका प्रकाशनको काम पनि अन्तिम चरनमा पुगेको छ ।
छलफलको माध्यमबाट सबै बिबादको सामाधान निस्कने भएकोले जन सम्पर्क समिती अमेरीकाले साधारण सभामा सहभागिता जनाउन सबै कांग्रेसजनहरुमा आग्रह गरेको छ । जन सम्पर्क समिती अमेरीकाका सभापती आनन्द बिष्टले साधारण सभामा सहभागीता जनाउन सबैमा अपिल गर्नुभएको छ । उ
ता जन सम्पर्क समितीको असन्तुष्ट बिष्णु स ुबेदी समुहले पनि यही २२ तारिख एकै दिन न्युयोर्कमा डेलिगेट्स भेला आयोजना गरेपछि अमेरीकाका कांग्रेसजनहरुमा भने कता सहभागी हुने अन्यौल छाएको बताइएको छ ।