सन्नी लियोन सहभागि कण्डमको विज्ञापनको कडा विरोध
एजेन्सी : बलिउड अभिनेत्री सनी लियोन एउटा कण्डमको विज्ञापनका कारण आलोचित बनेकी छिन् । रिपब्लिकन पार्टी अफ इन्डिया(आरपीआइ) को महिला विभागले सन्नी लियोन सहभागि भएको कण्डमको विज्ञापनको कडा विरोध गरेका छन् । उनीहरुले यस विज्ञापनको प्रसारणमाथि रोक लगाउँनु पर्ने माग गरेका छन् ।
आरपीआईकी महिला विभागकी सचिव शीला गांगुर्देले भनिन् ‘यो विज्ञापन हेर्दा सबै महिला दर्शक लाजले भुतुक्क हुन्छन् । विज्ञापनमा साह्रै फोहारी दृश्य छ, जुन हेर्न साह्रै अप्ठेरो लाग्ने खालको छ’ टेलिभिजन च्यानहरुमा देखाइने यो विज्ञापनको दृश्यले हरेकका घरका आमा, छोरी, दिदीबहिनी र पत्नीहरुका लागि असहज परिस्थिति सिर्जना गरिदिएको छ । यही विज्ञापनका कारण उनीहरु परिवारसँग बसेर टिभी हर्न समेत सकिरहेका छैनन् ।’
यस्ता खालका विज्ञापन प्रसारणमा रोक लगाउँन भन्दै आफ्नो संगठन समक्ष थुप्रै महिलाले उजुरी गरेको नेतृ शीला गांगुर्देले दावी गरिन । यो लगायत यस्ता खालका गर्भनिरोधकका साधनको विज्ञापन प्रसारणमा रोक लगाउनु पर्ने उनले बताइन ।