अल्टिमेट मोडल नेपालको उपाधि महेश र सम्झनालाई
पुष १४, काठमाण्डौ ।
अल्टिमेट मोडल नेपालको उपाधि महेश महरा र सम्झना तमाखुले जित्न सफल भएका छन । क्रिजोना मिडिया गु्रपले आयोजना गरेको प्रतियोगितामा पुरुषतर्फ महेश र महिलातर्फ सम्झनाले उपाधि जित्न सफल भए ।
प्रतियोगिताको मुख्य प्रायोजक नेपाल टेलिकम तथा नेपाल वायुसेवा निगम सहकार्य आयोजित कार्यक्रममा रोहन महरा र मन्जु खड्का फस्र्ट रनर्स अप तथा किरण श्रेष्ठ र सुमी बानिया सेकेनड रनर्स अप घोषित भए ।
काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा फेशन शोको शैलीमा उत्कृष्ट ७ छनोट गरिएको थियो । अन्तिम छनोटमा परेका प्रतिस्पर्धीले विभिन्न प्रस्तुती दिएका थिए ।
कुल २२ जना प्रतियोगिहरुलाई सनिस शाक्य र सोनी खड्काको कोरियोग्राफीमा प्रशिक्षण दिईएको थियो ।