अमेरिकाको क्यालिफोर्नियामा अन्धाधुन्ध गोली चलाउँदा तीनजनाको मृत्यु
क्यालिफोर्निया- अमेरिकाको क्यालिफोर्नियामा एक बन्दुकधारीले अन्धाधुन्ध गोल चलाउँदा तीन जनाको ज्यान गएको छ ।
अर्का एकजना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । क्यालिफोर्नियाको डाउनटाउन फ्रेस्नोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जनाएको छ । ३९ वर्षका आक्रमणकारीले अरबी भाषामा ‘भगवान सर्वेसर्वा छन्’ भन्दै गोली चलाएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
प्रहरीले आक्रमणकारी कोरी अली मुहम्मदलाई पक्राउ गरेको छ । आक्रमण रंग भेदसम्बन्धी हिंसा स्वरुप रहेको स्थानीय प्रहरी प्रमुख जेरी डायरले बनाउनुभएको छ ।
यसमा आतंककारी आक्रमणको प्रमाण फेला नपरेको उहाँको भनाई छ । घटनाको विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।