लिग ला नोक्सानमा, एक्लै बार्सिलोनामाथि १८ हजार करोडको ऋण
स्पेनिस फुटबल लिग ला लिगा कोरोनाका कारण निकै प्रभावित भएको छ । स्पेनिस लिगले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ला लिगाले महामारीबाट प्रभावित सन् २०२०–२१ सिजनमा ८सय ९२ मिलियन युरो नोक्सानी बेहोरेको छ । जस मध्य पनि बार्सिलोनाले सबै भन्दा बढी नोक्सानी बेहोरेको छ । बार्सिलोनाले ला लिगाको पूर्व कर घाटाको ५६% हिस्सा ओगटेको छ ।
यस सिजनका खेलहरू खाली स्टेडियमहरूमा खेलिएका थिए । जसले म्याचडेको आम्दानीलाई उल्लेखनीय रूपमा घटाएको थियो । खेलाडीको स्थानान्तरण घट्यो, खेल चलिरहँदा टिभी विज्ञापन घट्यो जसले व्यावसायिक आम्दानी पनि घट्यो । जस कारण लिगको आम्दानीमा गिरावट आएको हो ।
ला लिगा क्लबहरूले ३.८१८ बिलियन यूरो राजस्व कमाए । जुन २०१९–२० को सिजनको तुलनामा २४.१ प्रतिशतले कम हो । २०२०–२१ मा म्याच डेको कमाईमा ५३% र खेलाडी बिक्रीमा ५२% गिरावट आएको थियो ।
स्पेनिस क्लबहरूले २०२०–२१ मा खेलाडी ट्रान्सफरमा ५४७ मिलियन युरो ( खर्च गरे । जुन अघिल्लो सिजनमा १.५३३ बिलियन युरो थियो । २०१२ पछि ला लिगाले नेक्सान बेहोरेको यो पहिलो पटक हो । यद्यपि, लिगले अर्को दुई सिजनमा पूर्ण रिकभरीको अपेक्षा गरेको छ ।
बार्सिलोनामाथि १८ हजार करोडको ऋण
क्लबका अध्यक्ष जोसेप मारियाले अक्टोबर २०२० मा राजीनामा दिएपछि र गत वर्ष अगस्टमा मेस्सीको निःशुल्क ट्रान्सफरपछि बार्सिलोनाको आर्थिक अवस्था नाजुक भयो । जोसेपका उत्तराधिकारी लापोर्टाले गत वर्ष सेप्टेम्बरमा क्लबलाई करिब १८ हजार करोड रुपैयाँ ऋण भएको बताउनु भएको थियो । क्लबको कुल आम्दानीको १०३% तलब भुक्तानीमा खर्च हुन्छ ।