मोबाइल र वाइफाइबाट उत्सर्जित विकिरण मस्तिष्कका लागि घातक भएको अध्ययनको दावी
मोबाइल फोनको अत्याधिक प्रयोग र वाइफाइबाट उत्सर्जित विकिरणले तपाईलाई अल्जाइमरको बिरामी बनाउन सक्छ । यो दाबी करेन्ट अल्जाइमर्स रिसर्च जर्नलमा प्रकाशित हालैको अध्ययनमा गरिएको हो । वैज्ञानिकहरूका अनुसार सेल फोनको विकिरणले मस्तिष्कका कोशिकाहरूमा क्याल्सियमको स्तर बढाउँछ, जुन अल्जाइमर रोगको मुख्य कारण हो ।
मस्तिष्कमा वाइफाइ प्रविधिको प्रभाव
यस अनुसन्धानमा, वैज्ञानिकहरूले अल्जाइमरसँग सम्बन्धित धेरै अध्ययनहरूको समीक्षा गरे । फोनको प्रयोगले इलेक्ट्रोम्याग्नेटिक फोर्स (ईएमएफ) जेनेरेट गर्छ । जसका कारण मस्तिष्कमा नराम्रो प्रभाव परिरहेको पाइएको छ । शोधकर्ताहरूले ताररहित संचार संकेतहरूले विशेष रूपमा मस्तिष्कमा भोल्टेज गेटेड क्याल्सियम च्यानलहरू (भिजीसीसीएस) सक्रिय गराएको पाए । जसले क्याल्सियमको मात्र बढाउँछ ।
मस्तिष्कमा क्याल्सियमको मात्रा अचानक बढे पछि अल्जाइमरको अवस्था चाँडै आउँने अनुसन्धानकताए बताउछन् । जनावरहरुमा गरिएको अर्को एक अनुसन्धानमा इलेक्ट्रोम्याग्नेटिक फोर्सको कारण कोशिकाहरूमा क्याल्सियम जम्मा हुँदा, अल्जाइमर रोग समय भन्दा पहिले हुन सक्ने बताएको थियो ।
अल्जाइमर हुने औसत उमेर घट्यो
अल्जाइमर हुने औसत आयु पनि विगत २० वर्षमा घटेको छ । पछिल्लो अध्ययन अनुसार ३० देखि ४० वर्षका युवाहरु पनि यो रोगको सिकार हुने गरेका छन् । धेरै अनुसन्धानहरूले अल्जाइमर–सम्बन्धित परिवर्तनहरू लक्षणहरू देखा पर्नुभन्दा धेरै वर्ष पहिले नै मानिसहरूमा देखा पर्ने बताई सकेका छन् । इलेक्ट्रोम्याग्नेटिक फोर्स जोखिमको कारण, अल्जाइमर बुढेसकाल भन्दा पहिले आउन सक्छ ।
विगत २० वर्षमा अल्जाइमरका बिरामीको औसत उमेर पनि घटेको चिकित्सकहरू बताउँछन् । यो संसारभर ताररहित संचार प्रविधिको बढ्दो प्रयोगले भएको हो । पछिल्लो अध्ययन अनुसार ३० देखि ४० वर्षका युवाहरु पनि यो रोगको सिकार हुने गरेका छन् । घण्टौंसम्म मोबाइल र वाइफाइको विकिरणको जोखिमका कारण यस्तो भइरहेको हो । यसलाई ‘डिजिटल डिमेन्सिया’ पनि भनिन्छ ।
अल्जाइमरलाई महामारी बन्नबाट जोगाउन आवश्यक छ
अल्जाइमरलाई महामारी बन्न नदिन तीनवटा विषयमा अनुसन्धान गर्नुपर्ने अनुसन्धानले बताएको छ ।
पहिलो – एमआरआई स्क्यान मार्फत युवाहरूमा डिजिटल डिमेन्सियाको असामान्य लक्षणहरू ।
दोस्रो– ३०–४० वर्ष बीचका मानिसहरूमा अल्जाइमरको प्रारम्भिक लक्षणहरू ।
तेस्रो– कम्तिमा एक वर्षसम्म मोबाइल एन्टेना नजिक बस्ने मानिसहरूको दिमागमा यसको प्रभाव ।
विश्वमा ४.४ करोड मानिस डिमेन्सियाबाट पीडित छन्
अल्जाइमर्स न्यूज टुडे वेबसाइटका अनुसार, विश्वमा ४.४ करोड मानिसहरू अल्जाइमर सहित कुनै न कुनै प्रकारको डिमेन्सियाबाट पीडित छन् । जसमध्ये करिब ५३ लाख मानिस ६५ वर्षभन्दा माथिका छन् भने २ लाख युवा छन् र अल्जाइमरको प्रारम्भिक लक्षणबाट पीडित छन् ।