कैलालीमा गठबन्धनका कार्यकताएले गरे एमाले कार्यकर्तामाथि खुकुरी प्रहार
कैलाली । कैलालीमा गठबन्धनका कार्यकर्ताले ले एमाले कार्यकर्तामाथि आक्रमण गर्दै खुकुरी प्रहार गरेका छन् ।
सत्तारूढ गठबन्धनका कार्यकर्ताको आक्रमणमा एमालेका चार जना कार्यकर्ता घाइते भएका छन् । गोदावरी नगरपालिका–६ का एमालेको वडाध्यक्षका उम्मेदवार जग्गु चौधरीका भाइ बिन्तिराम चौधरीसहितका चार जना एमाले कार्यकर्ता घाइते भएको प्रहरीले जनाएको छ । बुधबार राति करिब १ बजेतिर गठबन्धनका कार्यकर्ताले एमालेका कार्यकर्तामाथि आक्रमण गरेका हुन् ।
बिन्तीराम चौधरीलाई गठबन्धनका कार्यकर्ताले खुकुरी प्रहार गरेका थिए । उहाँको पाखुरामा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।